Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गृहमन्त्री लामिछाने र काँग्रेस महामन्त्री थापा बिचको दोहोरी - Brighter khabar


उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापालाई कुनै सहकारीमा आफुले निवेदन लिएर ऋण लिएको  प्रमाण देखाउन चुनौति दिएका छन्  ।


संसद् स्थगित भएर बाहिरिँदै गर्दा संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले काग्रेस महामन्त्री थापाले आफु विरुद्ध संगिन आरोप लगाएको भन्दै आफुले कुनै सहकारीमा निवेदन दिएर ऋण लिएको कुनै प्रमाण देखाए आफू समिति मात्र होइन राजनीति नै छाड्ने भन्दै प्रमाण देखाउन चुनौति दिएका हुन् ।


गृहमन्त्री लामिछानेले आफुलाई सदनमा बोल्न दिने कुरामा काँग्रेस डराउन नपर्ने बताए  । उनले सदनबाट भएको खेदाईको जवाफ आफुले सदनबाट दिने भन्दै सदनमा बोल्न पाउनु पर्ने बताए  ।

यता   नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगि प्रकरणमा लामिछानेको संलग्नता रहेको दावी रहेको भन्दै  संसदीय समितिमार्फत  दावी झुटो भए आफु राजनीति छाड्न तयार रहेको जवाफ फर्काएका छन् ।


गृहमन्त्री लामिछानेको जवाफ दिँदै काँग्रेस महामन्त्रीले प्रमाण आफुसँग भएको झुटो भए आफु राजनीति छाडन तयार रहेको जवाफ फर्काएका हुन्  । 


थापाले संसदीय छानविन समितिबाट सरकार भागेको आरोप समेत लगाए । 

Top Post Ad

post bottom ads

Ads Bottom