Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

शैक्षिक भ्रमणका विद्यार्थी बोकेको जिप दुर्घटना हुँदा १४ जना घाइते - Brighter Khabar


जेठ १०,  मुगु जिल्लाको खत्याड गाँउपालिका-२ꓹ जाम गाउँको हिलटप नजिकैको खोल्सामा जिप दुर्घटना हुँदा रारा घुम्न गएका विद्यार्थीहरु घाइते भएका छन । 

आज दिउँसो करिव १२ꓽ३० बजे तिर सवार ८२४९ नंम्बरको बोलेरो जिप सडकबाट करिव ३० मिटर तल खस्दा जनप्रकाश माꓸ विꓸ कोल्टी बाजुराका १४ जना विद्यार्थीहरू घाइते भएका हुन् ।

दुर्घटनामा चालकसहित २ जना यात्रु गम्भिर घाइते भएका छन् भने ११ जनालाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ  ।

जन प्रकाश माꓸ विꓸ का विद्यार्थीहरु तीन वटा जिप रिजर्भ गरेर आएकोमा पछिल्लो जिप साँघुरो बाटो भएका कारण दुर्घटना भएको स्थानीयले जनाएका छन् ।

Top Post Ad

post bottom ads

Ads Bottom