Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

देश बनाउन गएका नेतागणहरूको प्रतिनिधि सभाको बैठकमा धकेलाधकेल - Brighter Khabar


जेठ ३, आजको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएको भन्दै  काँग्रेसले अवरोध गर्न थालेपछि एमाले र काँग्रेसका सांसदहरुबीच  धकेलाधकेल भएको छ।


सभामुखले पत्रहरु पढ्न र गृहमन्त्री लामिछानेलाई बोल्न समय दिएपछि संसदमा तनाव भएको थियो ।


सभामुखले गृहमन्त्रीलाई बोलाएपछि काँग्रेसका सांसदहरु आक्रोशित भएका थिए । गृहमन्त्रीलाई बोल्न माइकसम्म पुर्‍याउने पहल एमालेका सांसदहरुले गरेका थिए। यसैक्रममा एमाले र काँग्रेसका सांसदहरुबीच धकेलाधकेल भएको थियो ।


स्थित तनावपूर्ण बनेपछि बोल्न समय दिएका सभामुखले गृहमन्त्रीलाई आसन ग्रहण गर्न आग्रह गरेका थिए । तर पनि संसदभित्र नाराबाजी चलिरह्यो । त्यसपछि सभामुखले बैठक स्थगित भएको घोषणा गरेका थिए  ।


बैठक रोकिएको सूचना पछि पनि काँग्रेसका सांसदहरुले केहीबेर नारावाजी गरेका थिए । प्रतिनिधि  सभाको अर्को बैठक भोलि ११ बजे बस्ने कार्यक्रम छ ।

Top Post Ad

post bottom ads

Ads Bottom