Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

रेविज लागेको कुकुरले टोक्दा एक बालिकाको ज्यान गयो - Brighter Khabar

 

धादिङमा रेविज लागेको कुकुरले टोक्दा एक बालिकाको मृत्यु भएको छ । 

बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ की ६ बर्षीया मनिला चेपाङको उपचारको क्रममा मृत्यु भएको हो ।


अघिल्लो साता गाउँमा रेविज लागेको कुकुरले टोकेपछि मलेखु स्थित टिचिङ अस्पतालमा लगिएको थियो । 

ज्वरो आउने,पानी तथा हावा देखेर डराउने जस्ता लक्षण देखिएकी चेपाङको काठमाडाैं स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पताल टेकुमा उपचारको क्रममा हिजो मृत्यु भएको  हो ।

Top Post Ad

post bottom ads

Ads Bottom