Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सडकमा गुडिरहेको जिप एक्कासि खाजा घरभित्र पसेपछि - Brighter Khabar



जेठ १५, 
बोलेरो जिप एक्कासि सटर फोरेर घर भित्र पसेको छ । 

लमजुङको बेशीसहर नगरपालिका–७ स्थित तमु सङ्ग्रहालयको ओरालोबाट ब्रेक फेल भएको ग ३ च ५०७१ नम्बरको जिप सृजना श्रेष्ठको घरमा सञ्चालित आस्मी खाजा घरको सटरबाट घरभित्र छिरेको हो ।

दुर्घटनामा परी बेसीशहर नगरपालिका-९ पाखाथोक बस्ने ८० वर्षीय रत्न कुमारी राउत, क्याम्पस रोड बस्ने ६३ वर्षीय डम्बर कुमारी रोका मगर र ३८ वर्षीय सिर्जना श्रेष्ठ घाइते भएको लमजुङ प्रहरीले जनाएको छ  । साथै  दुर्घटनाबाट खाजा पसलको सटर र पसल भित्र रहेका अन्य सामानहरूमा ६ लाख बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार  जिप चालक दूध पोखरी गाउँपालिका–४ नमार्खुका ४१ वर्षीय डिलप्रसाद गुरुङ नियन्त्रणमा छन् ।

Top Post Ad

post bottom ads

Ads Bottom