Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कास्कीबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने जेसिवि नियन्त्रणमा - Brighter Khabar


जेठ १ गते , पोखरा ।  कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं.०६ ईदिखोलाबाट  अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने जेसिविलाई प्रहरीले  नियन्त्रणमा लिएको छ   ।

वैशाख ३० गते दिउसो ३ बजेको समयमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन  गरिरहेको जेसिविलाई नियन्त्रणमा लिइएको हो । 

गोप्य सूचनाका आधारमा अस्थायी प्रहरी पोस्ट भेडावारि कास्कीबाट खटिएको प्रहरी टोलीले ना १ क ४७४२ नम्बरको जेसिविले अवैध रूपमा ईदिखोलाबाट नदीजन्य पदार्थ उत्खनन गरी रहेको अवस्थामा फेला परेको हो ।

उक्त सवारी साधन र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि  माछापुच्छ्रे गाउँपालिकाको कार्यालय लाहा चोक कास्कीमा पठाइएको प्रहरीले जनाएको छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom