Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बोलेरो जिप दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या चार पुग्यो - Brighter Khabar


जेठ १८, सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जिप सुर्खेत–दैलेख सडक खण्डअन्तर्गत वीरेन्द्रनगरको रातानाङ्गला नजिक दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । बिहीबार विहान भे १ च २५६० नम्बरको बोलेरो जिप उक्त सडकखण्डमा दुर्घटनामा परेको हो ।


जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार जिप सडकबाट तीन सय मिटर तल खसेको थियो । जिपमा ६ जना सवार रहेका थिए ।


ट्राफिक कार्यालय सुर्खेतका प्रहरी निरीक्षक राजन पौडेलले चार जनाको शव उद्धार गरेर सडकमा ल्याइएको जानकारी दिनुभयो । घाइते दुई जनाको प्रदेश अस्पतालमा उपचार भइरहेको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom