Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

घर अगाडिको विद्युतीय तारबाट करेन्ट लागेका श्रीमानलाई बचाउन गएकी कुसुमको ज्यान गयो - Brighter Khabar

 

विद्युत्को करेन्ट लागेका श्रीमानलाई बचाउन गएकी श्रीमतीको ज्यान गएको छ । सर्लाहीको ईश्वरपुर नगरपालिका –९, रामनगर निवासी अन्दाजी २८ वर्षकी कुसुम देवीको करेन्ट लागेर ज्यान गएको  हो ।

३४ वर्षका श्रीमान् रम्भा महतोलाई  करेन्ट लागेपछि बचाउन गएकी कुसुमको ज्यान गएको हो । श्रीमान् भने गम्भीर घाइते भएको खबर छ ।

घर अगाडि ११ हजार भोल्टेजको विद्युतीय तारमा बेरिएको इन्टरनेटको तार उठाउन खोज्दा रम्भालाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

श्रीमानलाई करेन्ट लागेको देखेपछि हतारमा बचाउन पुगेकी कुसुमलाई पनि करेन्ट लागेको थियो । करेन्टबाट घाइते भएकी कुसुमलाई  उपचारका लागि सिद्धि विनायक अस्पताल पुर्‍याइए पनि  चिकित्सकले मृत घोषणा गरेका थिए  । श्रीमान् रम्भाको भने बयल बास स्थित अमृत हेल्थ केयरमा उपचार भइरहेको छ । 

प्रहरीका अनुसार घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom