Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पर्वतका नेत्रबहादुर पोखरामा मृत भेटिए - Brighter Khabar


पोखरा-  पर्वतको फलेवास नगरपालिका वडा नम्बर ८ ठानामौलाका एक पुरुष पोखरामा मृत भेटिएका छन् । 

ठानामौला घर भई हाल पोखरा ६ लेकसाइडमा बस्दै आएका ५८ वर्षीय नेत्रबहादुर क्षेत्री पोखरा महानगरपालिका ६ मा पर्ने तालको कोप्चे घाटमा मृत भेटिएका हुन् । 

 कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माका  अनुसार लेकसाइड क्षेत्रमा ट्याक्सी चलाउने क्षेत्री शुक्रवार बेलुकासम्म सोही क्षेत्रमै  देखिएका थिए ।

क्षेत्रीका कपडा ताल किनारमा फेला परेको र शरीरमा घाउ, चोट नदेखिएको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom