Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा खोलामा डुबेर बेपत्ता भएका सुवेदी मृत भेटिए - Brighter khabar

 


पोखरा , वैशाख २३ ।  पोखरास्थित खापौदिको खोलामा डुबेर एक जनाको ज्यान गएको छ ।

आज दिउसो खपौदीस्थित हर्पन खोलामा साथीहरूसँग खेल्दै गरेका पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटनका  १४ वर्षीय  किशोर सोनम सुवेदीको ज्यान गएको हो । 

सुवेदी पानीमा डुबेपछि सँगै पौडी खेल्न गएका अर्का किशोरले स्थानीयमार्फत सशस्त्र प्रहरीलाई जानकारी गराएका थिए  । 

सशस्त्र प्रहरी बल नम्बर २४ कालिका गण कास्कीबाट परिचालन भएको विशेष विपद् उद्धार एवम् गोताखोर टोलीले खोजतलास गर्ने क्रममा डुबेको स्थानभन्दा केही तल शव फेला पारेको थियो । यति बेला सुवेदीको शव पोस्टमार्टमका लागि पश्चिम क्षेत्रीय अस्पताल लगिएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom