Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नागरिकता प्रकरणमा छानबिनका लागि पक्राउ परेका सिरोहियालाई तीन दिन हिरासतमा राखिने - Brighter Khabar


जेठ ९ गते । नागरिकता प्रकरणमा छानबिनका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषाले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

जिल्ला न्यायाधीश चुडामन खड्काको इजलासले प्रहरीलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो । प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत सिरोहियालाई पाँच दिन हिरासतमा राख्न अनुमति माग गरेको थियो ।

सिरोहियालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मङ्गलबार पक्राउ गरेको थियो । उनलाई मङ्गलबार राति नै जनकपुर लागिएको  थियो ।

मङ्गलबार काठमाडौँको थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाट अध्यक्ष सिरोहियालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । उनलाई बुधबार बिहान ५ बजे जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याइएको थियो भने करिब १२ बजे अदालतमा उपस्थित गराइएको थियो । 

सिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको भन्दै अदालतमा उनीविरुद्ध जाहेरी परेको थियो   लगत्तै धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि मंगलबार साँझ साढे ६ बजे थापाथलीस्थित कान्तिपुर कार्यालयबाट सिरोहियालाई प्रहरीले पक्राउ गरेको थियो ।

Top Post Ad

post bottom ads

Ads Bottom