Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सामाजिक सञ्जाल फेसबुकमा नाबालिकाको चरित्र हत्या गर्ने एक जना पक्राउ - Brighter Khabar


 सामाजिक सञ्जाल फेसबुकमा नाबालिकाको चरित्र हत्या गर्ने एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ।


नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोका उपनिर्देशक एवम् प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार नाबालिकाले अनलाइन अध्ययन प्रयोजनका लागि खोलेको सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका तस्बिर डाउनलोड गरेर फेक फेसबुक आइडी बनाइ नाबालिकाको अनुहार जोडी अश्लील तस्बिर बनाएर पोष्ट गरेको आरोपमा शिक्षक पक्राउ परेका हुन्। 


नाबालिकाको अभिभावकले दिएको निवेदन अनुसार पीडक भक्तपुर नगरपालिका वडा नम्बर ४ काहालान्च स्थायी वतन भएका निजी विद्यालयका शिक्षक खुल्न आएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ।


पक्राउ गरेर काठमाडौँ जिल्ला अदालतबाट पाँच दिन म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।  

Top Post Ad

post bottom ads

Ads Bottom