Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा केही दिन अघि कुटपिट तथा खुकुरी प्रहार गरी फरार भएका २ जना पक्राउ - Brighter Khabar


पोखरा, जेठ १ गते ।  कुटपिट तथा खुकुरी प्रहार गरी फरार भएका २ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

गएको वैशाख २२ गते  महानगरपालिका वडा नं.०३ नदीपुर स्थित सार्वजनिक स्थानमा विभिन्न अपशब्द प्रयोग गरी गाली गलौच, हातपात तथा अभद्र व्यवहार गरी हेलमेट र धारिलो खुकुरी प्रहार गरी घाइते बनाई फरार रहेका २ जना पक्राउ परेका हुन् ।

पोखरा महानगरपालिका  वडा नं.०३ नदीपुर बस्ने वर्ष ३१ को विजय श्रेष्ठ र जिल्ला बागलुङ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा वडा नं.२५ हेम्जा बस्ने वर्ष २८ को  लगिन थापालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाको छ  ।

उनीहरू विरुद्ध  सार्वजनिक, हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत अभद्र व्यवहार कसुरमा दिन दुई (२) म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom