Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

खानेपानीको पाइप बनाउने क्रममा भिरबाट लडेर एक जनाको ज्यान गयो - Brighter khabar


जेठ २ गते । ओखलढुङ्गामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । चिशंखुगढी गाउँपालिका–८ माम्खाका करिब ५६ वर्षीय पदमबहादुर बस्नेतको भिरबाट लडेर ज्यान गएको हो ।

सोही स्थानको रमिते भिरको ठाडेखोला नजिक खानेपानीको पाइप बनाउने क्रममा लडेर बस्नेतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक बालिस्टार सिंहले बताउनुभयो ।


करिब पाँच सय मिटर तर खसेर टाउको तथा शरीरका विभिन्न भागमा गहिरो चोट लागी गम्भीर घाइते हुनुभएको बस्नेतको उपचारका लागि अस्पताल लैजाने क्रममा ज्यान गएको प्रहरी निरीक्षक सिंहले जानकारी दिनुभयो ।


रुम्जाटार अस्पतालमा शव परीक्षण पश्चात् परिवारको जिम्मा लगाइएको प्रहरी निरीक्षक सिंहको भनाइ छ । दुई दिन अघि मोलुङ गाउँपालिका–३ का करिब ७३ वर्षीय जितबहादुर सुनुवारको पनि भिरबाट लडेर ज्यान भएको थियो । बाख्रा गोठालो जाने क्रममा मसिने डाँडाभिरबाट लडेको ढुङ्गाले लाग्दा सुनुवारको घटनास्थलमै ज्यान गएको थियो । दुवै घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom