Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखराको लेक साइडका विभिन्न स्पाबाट पुन ५ जना बालबालिकाको उद्धार - Brighter Khabar


पोखराको  लेक साइडका विभिन्न  स्पा (मसाज) सेन्टरबाट ५ जना बालिकाहरूलाई उद्धार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका सामाजिक महाशाखा, राष्ट्रिय बाल अधिकार परिषद् र शक्ति समूह नेपाल संस्थाबाट खटिएको संयुक्त अनुगमन टोलीले लेक साइडका विभिन्न   १५ वटा स्पा (मसाज) सेन्टरहरूमा अनुगमन गरेको थियो ।

उक्त अनुगमनबाट प्रहरीले नेक्टर इको फुट स्पाबाट ३ जना , पन्चासे स्पा एन्ड पार्लरबाट १ जना र नमस्ते वेलनेस स्पाबाट १ जना गरी ५ जनालाई उद्धार गरेको हो  ।

पीडित बालिकाहरूलाई उद्धार गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ  । 

Top Post Ad

post bottom ads

Ads Bottom