Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ढुङ्गा प्रहार गरी एक निवृत्त शिक्षकको हत्या गरेको आरोपमा भण्डारी पक्राउ - Brighter khabar


कञ्चनपुरमा ढुङ्गा प्रहार गरी एक जनाको हत्या भएको छ । जिल्लाको बेलौरी नगरपालिका ६ विद्यानगरमा बुधबार सेवा निवृत्त शिक्षक ६५ वर्षीय लच्छी चन्दको ढुङ्गा प्रहार गरी हत्या भएको हो ।


हत्याको आरोपमा प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका ४ बस्ने ३५ वर्षीय महेश भण्डारीलाई पक्राउ गरेको छ । भण्डारीले विवाद गरि चन्दलाई मुख, टाउकोमा ढुङ्गाले हानेर हत्या गरेका हुन् । उनले प्रहरी समक्ष हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।


बेलौरी बजारदेखि घर फर्कने क्रममा बुधबार बेलुका ८ बजेतिर घर नजिकै (करिब ३०० मिटरको दुरीमा) भण्डारीले चन्दमाथि ढुङ्गा प्रहार गरेका थिए । घटना लगत्तै घाइते भएका चन्दलाई श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याई थप उपचारका लागि धनगढी स्थित निसर्ग हस्पिटलमा लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो ।


शिक्षक चन्दले बेलौरीको महाकाली माविमा लामो समय शिक्षण गरेका थिए । घटनाबारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom