Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अवैध रूपमा नदीजन्य पदार्थ चोरी निकासी गर्ने टिप्पर प्रहरीको नियन्त्रणमा - Brighter Khabar


पोखरा- अन्नपूर्ण संरक्षण क्षेत्रबाट अवैध रूपमा नदीजन्य पदार्थ चोरी निकासी गर्ने सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा महानगपालिका वडा नं.१९ अकला मन्दिर स्थित सडक खण्डमा भुर्जुङखोलातर्फबाट पोखरातर्फ आउँदै गरेको ग १ क १५१४ नम्बरको टिप्परलाई नियन्त्रणमा लिएको हो ।

चेकजाँच गर्ने क्रममा उक्त टिप्परमा बालुवा लोड गरेको पाइएको उक्त बालुवा अन्नपूर्ण संरक्षण क्षेत्र भित्रबाट ल्याएको बुझिएकोले उक्त बालुवा सहितको टिप्परलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारबाईको लागि अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय हरियो खर्क पोखरामा पठाइएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom