Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आफ्नी प्रेमिकालाई जिस्काएको भन्दै ट्राफिक प्रहरीको हत्या - Brighter khabar

 

आफ्नी केटी साथीलाई जिस्क्याएको भन्दै ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्या गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। हत्यामा संलग्न रहेका अभियुक्तहरूलाई पक्राउ गर्न जाँदा प्रहरीमाथि नै जाइलागेपछि प्रहरीले गोली चलाउनुपरेको थियो।


घिमिरेको हत्यापछि तारकेश्वरको जंगलमा सुतिरहेका ४ जनालाई पक्राउ गर्न जाँदा प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि प्रहरीले हवाईफायर गर्नु परेको थियो। प्रहरी जवान घिमिरेको हत्यामा संलग्न रहेका सबै लागूऔषध दुव्र्यसनी भएको प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभयो।


उहाँका अनुसारमा हत्यामा संलग्न रहेकाहरूमा भक्तपुर चाँगुनारायण नागरपालिका हाल मनमैंजु जरङ्खु आसपासमा निर्मार्णाधीन घरहरूमा आश्रय लिई बस्ने आइते भनिने सचिन परियार, चाँगुनारायणकै अञ्जली श्रेष्ठ, स्याङ्जा आँधीखोला घर भई मनमैंजु आसपास क्षेत्रमा आश्रय लिएर बस्दै आएकी विपना भन्ने वसन्धुरा कार्की, नूरमाया कार्की, नुवाकोटका बुद्ध लामा, सिन्धुपाल्चोकका अमित तामाङ र एक १३ वर्षीय नाबालक रहेका छन् ।


ट्राफिक प्रहरीको हत्यामा संलग्न रहेकाहरू सो क्षेत्रमा मजदुरी गर्नुका साथै लागूऔषधसमेत सेवन गर्ने गरेको र उनीहरूलाई यसअघि प्रहरीले चोरी र लागूऔषधको कारोबारमा संलग्न रहेको भन्दै पक्राउ गरेर कारबाहीसमेत गरेको थियो ।


ट्राफिक प्रहरी प्रभाग दरवारमार्गमा कार्यरत रहेका घिमिरेको शव मनमैंजुस्थित एक निर्माणाधीन घरमा फेला परेको थियो। मृतक घिमिरे गोंगबुस्थित गणेशस्थान नजिकै बस्दै आएका थिए। परिसरका प्रमुख रजौरेका अनुसार ट्राफिक प्रहरी जवान घिमिरे ड्युटी सकेर घर जानुअघि खाजा खान तार्केश्वर–११ मा रहेको होटलमा पसेका थिए।


सोही क्रममा अञ्जली श्रेष्ठ र सचिन परियार पनि त्यही खाजा घरमा खाजा खान पुगेका थिए । ‘घिमिरे र परियारको पुरानो चिनजान रहेकाले उनीहरूबीच कुराकानी भएपछि परियारले आफ्नी प्रेमिका श्रेष्ठलाई किन जिस्क्याएको भन्दै विवाद गरेको देखिन्छ’ –एसएसपी रजौरेले भन्नुभयो ।


उनीहरूबीच विवाद भइरहेकै बेला परियारकी प्रेमिका श्रेष्ठले आफूलाई बिसन्चो भएकाले जरङ्खुसम्म पुर्‍याइदिन युवराजलाई अनुरोध गरेपछि घिमिरेले उनलाई आफ्नो मोटरसाइकलमा राखेर लगेका थिए।


घिमिरेलाई पहिलेदेखि घटनास्थलमा रहेका विपना, नूरमाया, बुद्ध, अमृत र नाबालकले अन्धाधुन्द इँटा, रड प्रहार गरेर हत्या गरेको अभियुक्तहरूले स्वीकार गरेका छन्। हत्यापछि घिमिरेको हत्या भएको स्थान भन्दा केही पर लगेर बोराले छोपछाप गरेर उनीहरू त्यहाँबाट फरार भएको खबर नेपाल समाचार पत्रमा छ ।

Top Post Ad

post bottom ads

Ads Bottom