Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

घान्द्रुकमा मध्यरातमा जबरजस्त नाच्न लगाएर अभद्र व्यवहार गर्ने बागलुङ जैमिनिका ३ जना पक्राउ - Brighter Khabar


पोखरा- कास्कीको अन्नपूर्ण गेस्ट हाउस एन्ड रेस्टुरेन्टमा महिलालाई अभद्र व्यवहार तथा हातपात गर्ने ३ जनालाई प्रहरीले  नियन्त्रणमा लिएको छ । 

अन्नपूर्ण गा. पा. वडा नं.१० घान्द्रुक स्थित रहेको अन्नपूर्ण गेस्ट हाउस एन्ड रेस्टुरेन्टमा जेठ ११ गते रातको साढे १२ बजेको समयमा महिलाहरूको इच्छा विपरीत जबरजस्ती नाच्न लगाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा बागलुङ जैमिनी नगरपालिका वडा नं.०८ बस्ने वर्ष २८ का भीम थापा,  वर्ष ३१ को डोलनाथ पौडेल र  वर्ष २९ को तेज हमाल रहेको प्रहरीले जनाएको छ । 

जबरजस्ती नाच्न लगाई अभद्र व्यवहार गरेको र होटेल सञ्चालक तथा कर्मचारीहरू समेतले सम्झाई बुझाई गर्दा नमानी उल्टै बियरका बोतल तथा लाठी समेतले प्रहार गरी घाइते बनाएको खबर प्रहरीकोमा पुगेको थियो ।

सोही सूचनाको आधारमा प्रहरी चौकी घान्द्रुक कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

तिनै जनालाई नियन्त्रणमा लिई सार्वजनिक, हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत अभद्र व्यवहार सम्बन्धी मुद्दामा दिन पाँच (५) म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom