Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ट्याक्टर दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते - Brighter Khabar


जेठ २, म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीस्थित हाडेखानी डाँडामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका छन् । बुधबार दिउँसो करिब साढे ३ बजे जङ्गलबाट दाउरा लिएर फर्किदैँ गरेको ब १ त ६९४२ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो । 


दुर्घटनामा घाइते हुनेहरुमा बेनी नगरपालिका –६, चुत्रेनीका चालक ३० वर्षीय चालक कृष्ण किसान र सोही वडास्थित खैरेनीका १४ वर्षीय विजय किसान हुनुहुन्छ । बेनी नगरपालिका –४, का १६ वर्षीय रोहित पुन, धवलागिरि गाउँपालिका –५, का ३७ वर्षीय लालबहादुर छन्त्याल र बेनी नगरपालिका–३, भकिम्लीका १७ वर्षीय पवन पुन रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक अशोककुमार झाले जानकारी दिनुभयो । 


उहाँका अनुसार उहाँहरूको स्वास्थ्य अवस्था मध्यम रहेको छ । घाइतेहरूको टाउको र नाकमा चोट लागेको छ । स्थानीयको सहयोगमा उद्धार गरेर घाइतेलाई बेनी अस्पताल ल्याइएको छ । घाइतेको अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 


दुर्घटनामा परेको ट्याक्टर टुक्रा परेको छ । अप्ठ्यारो सडकमा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । साँझ प्रहरी चौकी सिङ्गातातोपानीबाट प्रहरी टोली घटना स्थलमा पुगेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom