Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्कुलको भ्यानमा आगलागी - Brighter Network


जनकपुरधाममा एक निजी स्कुलको भ्यानमा आगलागी भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२१, कुर्थामा शिवशारदा स्कुलको ज १ च १८५३ नम्बरको भ्यानमा सोमबार बिहान ६ बजे आगलागी भएको प्रहरीले जनाएको छ । 


कुर्थाबाट स्कुलतर्फ आउने क्रममा सो स्कुल भ्यानमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 


प्रहरीका अनुसार आगलागीबाट कुनै मानवीय क्षति भएको छैन । जनकपुरधाम उपमहानगरको वारुणयन्त्र र स्थानीयवासीको सहयोगमा जिल्लाबाट खटिएको प्रहरी टोलीले आगलागी नियन्त्रणमा लिएको थियो  । 

आगलागीबाट स्कुल भ्यानमा क्षति पुगेको प्रहरीको भनाइ छ ।

Top Post Ad

post bottom ads

Ads Bottom