Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ब्रेन क्यान्सर वा ब्रेन ट्युमर भनेको के हो, सुरुवातको चरणमै कसरी थाहा पाउने ? - Health Tips


सामान्य भाषामा भन्दा ट्युमर भनेको कुनैपनि अंगमा अनावश्यक मासु पलाउनु हो। मस्तिष्कमा अनावश्यक मासुको डल्लो पलाउनुलाई नै ब्रेन ट्युमर भनिन्छ । मानिसमा  १२०  भन्दा बढी विभिन्न प्रकारका ब्रेन ट्यूमरहरू हुन सक्छन्।  ब्रेन ट्युमर मुख्यत:  २ खालका हुन्छन्। पहिलो  नबढ्ने (बेनाइन) र अर्को, बढ्ने (म्यालिग्नेन्ट)।


बेनाइन : यस्ता ट्युमरहरु नफैलिने वा बिस्तारै बढ्ने खालको हुन्छन्। तर कहिलेकाहिँ तिनीहरूले मस्तिष्कको भागहरूलाई क्षति पुर्‍याउन र कम्प्रेस गर्न सक्छन्, जसले गम्भीर समस्या  निम्त्याउन सक्छ। मस्तिष्कको महत्त्वपूर्ण क्षेत्रमा अवस्थित बेनाइन ब्रेन ट्युमरहरू जीवनका लागि खतरा हुन सक्छन्। बेनाइन ट्युमरहरु जस्तै,  मेनिनजिओमा, पिट्युटरी ट्युमर्स, न्युरोमा आदि। 


म्यालिग्नेन्ट :  यी ट्युमरहरु दिमागको अरु भागमा फैलिन सक्छन्। यिनलाई क्यान्सर भन्न मिल्छ । तिनीहरू सामान्यतया छिटो बढ्छन् र मस्तिष्कका बिभिन्न संरचनाहरू वरपर आक्रमण गर्छन्। मस्तिष्कको अत्यावश्यक संरचनामा हुने परिवर्तनहरूको कारणले गर्दा मस्तिष्कको क्यान्सर घातक  हुन सक्छन्।  जस्तै, जिओमा, ग्लिओब्लास्टोमा, एस्ट्रोसाइटोमा, ओलिगोडेन्ड्रो-ग्लिओमा, मेडिल्लोब्लास्टोमा आदि।


प्राइमेरी ब्रेन ट्युमर :  मस्तिष्कका ट्यूमरहरू मस्तिष्कमा सुरु हुने ट्यूमरहरू हुन्। कहिलेकाहिँ  यी ट्युमरहरू फुटेर मस्तिष्क र मेरुदण्डको अन्य भागहरूमा फैलिन सक्छन्। तर प्राइमरी ब्रेन ट्युमर शरीरको अरु अंगमा फैलिदैनन्।

सेकेन्डरी/ मेटास्टाटिक ब्रेन ट्युमर : मेटास्टेटिक ब्रेन ट्युमर, जसलाई सेकेन्डरी ब्रेन ट्युमर पनि भनिन्छ। यी घातक ट्युमरहरू हुन्, जुन शरीरको अन्य ठाउँमा क्यान्सरको रूपमा उत्पन्न हुन्छन् र त्यसपछि मस्तिष्कमा मेटास्टेसाइज (फैलिन्छन्)। मेटास्टेटिक ब्रेन ट्युमर प्राथमिक ब्रेन ट्युमर भन्दा चार गुणा बढी असामान्य हुन्छन्। 


मस्तिष्कमा फैलिने क्यान्सरहरू

•    स्तन क्यान्सर

•    कोलोन क्यान्सर

•    मृगौला क्यान्सर

•    फोक्सोको क्यान्सर


ब्रेन ट्यूमरका लक्षणहरु 


ब्रेन ट्युमर भएमा सुरु-सुरुमा टाउको दुख्ने समस्या हुन्छ। खाशगरी बिहानको समयमा बढी हुने गर्छ र पछि लगातार हुने गर्छ । टाउको दुख्नु ब्रेन ट्युमरको सबैभन्दा प्रमुख र सुरुवाती लक्षण हो ।


त्यसपछि विस्तारै,

•    सिजर वा छारेरोग 

•    हातगोडामा कमजोरी

•    हिंडनमा , उभिनमा , बोल्नमा  समस्या

•    दोहोरो दृष्टि वा  आँखाको समस्या


लक्षण देखिए के-के जाँच गर्नु पर्छ ? 

सबैभन्दा पहिला लक्षणको आधारमा सिटी स्क्यान, एमआरआई  गरेर ब्रेन ट्युमर भए नभएको एवं यकीन गरिन्छ । प्राय  ट्यूमरको पहिलो  उपचार भनेको शल्यक्रिया नै हो । तर केही ट्युमरको अपरेसन  नगरी पनि उपचार सम्भव छ।


अपरेसन पछि के गरिन्छ ? 

ब्रेन ट्युमर ग्रेडिङ : ब्रेन ट्युमरको ग्रेडले यो कति गम्भीर छ भनेर थाहा हुन्छ । बायोप्सी नमूना प्रयोग गरेर, यसको ग्रेड निर्धारण गर्न माइक्रोस्कोपमा ट्यूमरको जाँच गरिन्छ । ब्रेन ट्युमर ग्रेडिङ भनेको ब्रेन ट्युमर कोशिकाहरूको र ट्युमर बढ्ने र फैलिने सम्भावना कति छ भनेर संकेत गर्ने एक प्रणाली हो। आजकल बिशेष मलिक‍्युलर जाँचहरुबाट ट्युमरको प्रकृतिबारे थप जानकारी पाउन सकिन्छ।


विश्व स्वास्थ्य संगठन ट्युमर ग्रेडिङ सिस्टम अनुसार ब्रेन ट्युमर ग्रेडिङ १ (कम आक्रामक) देखि ४ (सबैभन्दा आक्रामक) सम्म प्रयोग गरिन्छ।


ब्रेन ट्युमरको उपचार कसरी गरिन्छ ?

ब्रेन ट्युमरको सबैभन्दा पहिलो उपचार शल्यक्रिया हो। केही ट्युमरहरूको लागि, शल्य चिकित्साबाट  हटाउने र निरन्तर निगरानी मात्र गरे मात्र पुग्छ । 

ब्रेन क्यानसर पुष्टि भए पछि हामीले थप उपचार गराउनु पर्ने हुन्छ । जसलाई हामी रेडियो थेरापी र किमोथेरापी भन्छौं। ट्यूमरको अवस्था हेरेर कुन दिने वा दुवै दिने भन्ने निर्क्यौल गरिन्छ।

Top Post Ad

post bottom ads

Ads Bottom