Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बस र हाईस गाडी एक आपसमा ठोक्किदा तीन जना यात्रु घाईते


जेठ ३२,  दाङ स्थित पूर्व पश्चिम राजमार्गमा बस र हाईस गाडी एक आपसमा ठोक्किदा तीन जना यात्रु घाईते भएका छन् ।


लमही नगरपालिका–३ बनगाउँमा पुर्वबाट पश्चिमतर्फ आउदै गरेको बा.प्र.०–३००१ ख १९६७ नं.को बस र बिपरित दिशातर्फ जादै गरेको गण्डकी प्रदेश एफएए–०१०५ नं.को हाईस एक आपसमा ठोक्किदा दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी नीरिक्षक प्रकाश भुसालले जानकारी दिनुभयाे ।

नवलपरासी रामग्राम नगरपालिका–१६ बस्ने बर्ष ४० का प्रेम बहादुर चौधरी, नवलपरासी कावासोति नगरपालिका–५ बस्ने बर्ष ३१ क मनोज थापा, स्याङ्जा पुतलीबजार नगरपालिका–५ बस्ने बर्ष ३६ का दुर्गाबहादुर थापा घाईते भएका छन् ।


घाईतेहरुको लमही अस्पतालमा उपचार गरिएको छ । हाईस चालक जिल्ला मकवानपुर मनहरी गा.पा.–६ बस्ने बर्ष ३६ का दुर्गा तामाङ पाख्रिन र झापा मदगास गाउँपालिका–१० बस्ने बर्ष ५७ का दुर्गा प्रसाद पौडेल प्रहरी नियन्त्रणमा छन् ।

Top Post Ad

post bottom ads

Ads Bottom