Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

माध्यमिक शिक्षा परीक्षा ( एसइई) मा सत प्रतिशत नतिजा दिन सफल मेरिगोल्ड - Brighter khabar


पोखरा , साउन १३ गते । पोखरा १५ नयाँ गाउँमा अवस्थित मेरिगोल्ड अङ्ग्रेजी आवासीय मा वि ले  २०८० सालको माध्यमिक शिक्षा परीक्षा ( एसइई) मा सत प्रतिशत नतिजा दिन सफल भएको छ  ।

परीक्षामा सहभागी विद्यार्थीहरूले गत वर्षहरूमा जस्तै यस वर्ष पनि सत प्रतिशत विद्यार्थी उत्कृष्ट श्रेणी सहित उत्तीर्ण हुन सफल भएको विद्यालय प्राचार्य शर्मिला गुरुङले बताउनुभयो । 


शिशु कक्षा देखि कक्षा १२ सम्म पढाइ हुने यस मेरिगोल्ड अङ्ग्रेजी आवासीय मा वि मा प्लस टु तर्फ व्यवस्थापन अन्तर्गत होटेल व्यवस्थापन र कम्प्युटर साइन्स का विषयहरू पढाइ हुँदै आइरहेको छ । 


वि. स. २०४५ सालदेखि देशको शैक्षिक उन्नयनमा महत्त्वपूर्ण भूमिका खेल्दै आइरहेको र आगामी दिनमा पनि अझै नयाँ ढङ्गले नयाँ पद्धति अनुसार अगाडी बढ्न सोहीअनुसारको शैक्षिक र भौतिक व्यवस्थापनमा आफू  लागि परिरहेको विद्यालय संस्थापक निर्देश मोतीराम गुरुङले बताउनुभयो ।


Top Post Ad

post bottom ads

Ads Bottom