Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा कारागारमा रहेका महिला बन्दीहरूलाई सेनेटरी प्याड सहित आवश्यक सामाग्री हस्तान्तरण - Brighter khabar


पोखरा, असार ८ गते  । पोखरा महानगरपालिका वडा नं. ७ मा रहेको जिल्ला कारागार कार्यालयमा रहेका महिला बन्दीहरूलाई विभिन्न आवश्यक सामाग्रीहरू वितरण गरिएको छ ।

शनिवार पोखरामा महिला पर्यटन व्यवसायी मञ्चको आयोजना  तथा जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा   महिला बन्दीहरूलाई सेनेटरी प्याड १२०० थान, म्याट्रेस  १ रोल र युरो गार्ड १ थान हस्तान्तरण गरिएको हो।

महिला पर्यटन व्यवसायी मञ्च कास्कीका अध्यक्ष उमा रेग्मीको अध्यक्षता र  सोही संस्थाकी संस्थापक अध्यक्ष जमुना पराजुलीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

 जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक वसन्त कुमार शर्माको विशेष आतिथ्य तथा  संस्थाकी सदस्य सुशीला भण्डारीको संयोजकत्वमा उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।

Top Post Ad

post bottom ads

Ads Bottom