Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा शनिवार आउनासाथ डुबेर ज्यान गुमाएका घटना बढ्दै , फेरि पनि फुर्सेखोलामा हराएका एक युवा मृत भेटिए - Brighter Khabar


जेठ २७, पोखरा । शनिवार आउनासाथ पोखरामा डुबेर ज्यान गुमाएका घटना बढ्न थालेका छन् । गर्मी बढे सँगै पौडी खेल्ने बहानामा नदी , ताल र खोलाहरूमा पौडी खेल्न जाने एक न एक युवाहरूले ज्यान गुमाएको खबर आउन  थालेको छ  ।

जेठ २६ गतेको शनिवार पनि  फुर्सेखोलामा पौडी खेल्न गएका पर्वतका एक युवाले ज्यान गुमाएको खबर छ। 

पर्वतको कुस्मा नगरपालिका वडा नम्बर १३ घर भई हाल पोखरा १७ छोरेपाटन बस्ने  २८ वर्षीय विश्वास सुवेदी पौडी खेल्ने क्रममा पोखराको फुर्सेखोलामा डुबेर बेपत्ता भएका थिए । सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गणबाट खटिएको टोलीले सुवेदीलाई मृत अवस्थामा फेला परेको हो ।

सुवेदीको शव  फुस्रे खोलाको २५ फिट गहिराइमा अड्किएर बसेको अवस्थामा शनिवार पौने सात बजेतिर फेला परेको थियो । यति बेला  सुबेदीको शवलाई पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको कास्की प्रहरीले जनाएको छ ।

केही दिन अगाडी पनि पोखरामा स्याङ्जा स्थायी घर भई हाल पोखरा ५, मालेपाटन निवासी वर्ष १४ का सोनम सुवेदी र कक्षा १० मा पढ्दै गरेका १६ वर्षीय सुप्रिम पौडेलले डुबेर ज्यान गुमाएका थिए  । 

त्यसतै  शनिवार साथीहरूसँग पोखरा–१७ पावर हाउसमा अवस्थित फुर्सेखोलामा पौडिने क्रममा डुबेर बेपत्ता भएका १५ वर्षीय रोनिष गुरुङको पनि ज्यान गएको हो ।

त्यसै गरी  खपौदीस्थित हर्पन खोलामा साथीहरूसँग खेल्दै गरेका पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटनका  १४ वर्षीय  किशोर सोनम सुवेदीले पनि पौडी खेल्ने क्रममै केही दिन अगाडी ज्यान गुमाएका थिए ।

Top Post Ad

post bottom ads

Ads Bottom