Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ईनड्राईभ प्रयोग गरी भाडामा यात्रु ओसारपसार गर्दा नियन्त्रणमा लिइएका सवारी सम्बन्धित धनीलाई बुझाइयो - Brighter khabar

 


असार १०, पोखरा । पठाओ, टुटल, ईनड्राईभ जस्ता एप  प्रयोग गरी भाडामा यात्रु ओसारपसार गर्ने गरेको भन्दै नियन्त्रणमा लिइएका सवारी सम्बन्धित धनीलाई बुझाइएको छ   ।
नियन्त्रणमा लिइएका सवारी साधनहरूलाई  अब उप्रान्त दर्ता नगरी सञ्चालन नगर्ने गरी एक पटकलाई सम्झाएर छाडिएको प्रहरीले जनाएको छ ।

अनधिकृत रूपमा विभिन्न मोबाइल एप प्रयोग गरी भाडाका यात्रुहरू ओसार पसार गरेको भन्दै कास्की प्रहरीले २६ ओटा सवारी साधनहरूलाई नियन्त्रणमा लिएको थियो  । 

पठाओ, टुटल, ईनड्राईभ जस्ता एप  प्रयोग गरी भाडामा यात्रु ओसारपसार गर्ने गरेको भन्दै कास्की प्रहरीले आइतबार पोखराबाट २२ वटा दुई पाङ्ग्रे सवारी र ४ वटा ४ पाङ्ग्रे सवारी साधनहरूलाई नियन्त्रणमा लिएको थियो  ।

गण्डकी प्रदेश यातायात व्यवस्था कार्यालय कास्कीमा दर्ता नगरी चलाइएका विभिन्न एपहरूको प्रयोग गरी यात्रुहरू ओसार पसार गर्न नदिने भन्ने निर्देशन अनुसार उक्त सवारीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले  जनाएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom