Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

छ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिकसँग मुस्ताङबाट जारी गरिएको नेपाली नागरिकता - Brighter khabar


असार ३, छ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिकसँग नेपाली नागरिकता भेटिएको खबर  छ । 

६ किलो सुन र ४८ लाख नेपाली रुपैयाँ सहित गएराती पक्राउ परेका चिनिया नागरिक  ३७ वर्षीय शेरब ग्याल्मोको नेपाली नागरिकता पनि रहेको भेटिएको हो  । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता एवं एसपी होबिन्द्र बोगटीले दिएको जानकारी अनुसार उनको कोठामा खानतलासी गर्ने क्रममा सोनाम गुरुङको नाममा रहेको नेपाली नागरिकताको प्रमाणपत्र भेटिएको हो ।

एसपी बोगटीका अनुसार उक्त नागरिकता जिल्ला प्रशासन कार्यालय मुस्ताङबाट जारी गरिएको देखिएको छ।

सीआईबीले दिएको जानकारी अनुसार उनी लामो समयदेखि नेपालमा बस्दै आएको र यहाँबाट  क्रिप्टोकरेन्सी  तथा युएसडीटीको अवैध कारोबारमा समेत संलग्न रहेको पाइएको छ ।

उनी काठमाडौँ महानगरपालिका–६, बौद्ध, तीनचुलीमा डेरा गरी बस्दै आएका थिए ।

Top Post Ad

post bottom ads

Ads Bottom