Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

राईडर्स पोखरा नेपालद्वारा मन्त्रीलाई ज्ञापन पत्र : मन्त्रालय भन्छ गण्डकी यातायातले गल्ती गर्‍यो - Brighter Khabar


असार १०, पोखरा ।


पोखरामा रही विगत ३ वर्ष देखि अनलाइन राईड सेयरिङ एप मार्फत राईड गर्ने राईडरद्वारा सोमबार दिउँसो एक बृहत् र्‍याली  सहित गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास  तथा यातायात व्यवस्था मन्त्रालयका मन्त्री  राजीव गुरुङलाई ज्ञापन पत्र पेस  गरेका छन्।


यातायात व्यवस्था कार्यालयले यही  असार ७ गते  गते प्रकाशन गरेको सार्वजनिक सवारीको भाडा लिन अनधिकृत एप नचलाउने तथा निजी सवारीले भाडामा यात्रु ओसार पसार नगर्ने भन्ने सूचना बारे खण्डन गर्दै गण्डकी प्रदेश पोखरा कास्कीमा रही राईड सेयरिङ एप मार्फत राईड गर्ने राईडर पोखरा नेपाल समूह कास्की द्वारा उक्त कार्यक्रमको आयोजना गरिएको थियो।


ज्ञापन पत्र बुझाउने क्रममा मन्त्री गुरुङले यातायात कार्यालय गण्डकीले मन्त्रालय सँग समन्वय नै नगरी कार्यालय प्रमुख डिल्लीराम रिजालले सूचना प्रकाशित गर्नु अत्यन्तै गलत कार्य गरेको आरोप लगाएका छन्।


कार्यालय प्रमुख रिजालको व्यक्तिगत स्वार्थको कारण यस्तो गरेको हुन सक्ने आशङ्का रहेको  मन्त्री गुरुङले बताए।


यस विषयमा तत्काल गम्भीर छलफल गरी रिजालसँग बिना समन्वय सूचना निकालेको प्रति  स्पष्टीकरण सोधिने मन्त्री गुरुङले जानकारी दिए। स्वरोजगार बन्नु आफैमा राम्रो भएको हुँदा पोखरामा रहेका राईडरहरुलाई आफू  र यात्रुको लागि सुरक्षित भई  राईड गर्नु पर्ने कुरालाई प्राथमिकता दिनु पर्ने भन्दै राईडरप्रति  सकारात्मक अभिव्यक्ति दिएका थिए । ट्याक्सीले बाइकवालाहरूलाई आगामी दिनमा दुख दिएमा मन्त्रालय एक्सनमा जाने बताए। 

युवा अनिल श्रेष्ठको संयोजकत्वमा उक्त र्‍याली सहितको कार्यक्रम गरिएको राईडर पोखरा नेपाल समन्वय समूहका सचिव रिजोन बस्ताकोटीले जानकारी दिए।


र्‍यालीमा  करिब १ हजार जना राईडरको उपस्थित रहेको थिए ।

Top Post Ad

post bottom ads

Ads Bottom