Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

एक होटलबाट लागूऔषध (खैरो हिरोइन) सहित पाँच जना युवक पक्राउ - Brighter Khabar


अत्तरियाको एक होटलबाट लागूऔषध (खैरो हिरोइन) सहित पाँच जना युवक पक्राउ परेका छन् । गोदावरी नगरपालिका –२ बसपार्क रोडस्थित डोटी–बैतडी होटलको कोठामा लागूऔषध सेवन गरिरहेको अवस्थामा ती युवाहरु पक्राउ परेका हुन् । 


पक्राउ पर्नेमा गोदावरी नगरपालिका –२ अत्तरियाका ३७ वर्षीय विशाल सिंह कठायत, ३० वर्षीय प्रमोद पनेरु, २१ वर्षीय हिक्मत सिंह रहनुभएको प्रहरीले जनाएको छ । 


यस्तै, गोदावरी –३ का २७ वर्षीय सन्तोष रावल र बैतडीको पाटन नगरपालिका –७ का ३० वर्षीय भरतप्रसाद भट्टलाई इलाका प्रहरी कार्यालय मालाखेती र लागूऔषध नियन्त्रण ब्यूरो शाखा महेन्द्रनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ । उनीहरुको साथबाट ९४० मिलिग्राम लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 


यस्तै, कैलालीको धनगढीबाट समेत प्रहरीले एक जनालाई  पक्राउ गरेको जनाएको छ । धनगढी उपमहानगरपालिका –३ भन्सारबाट अवैध लागूऔषध १ ग्राम २० मिलिग्रामसहित धनगढी –३ बोराडाँडीका १९ वर्षीय दिपेश अवस्थीलाई पक्राउ गरेको हो । 


वडा प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त टोलीले उहाँलाई लागूपदार्थसहित पक्राउ गरेको छ । थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom