Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अविरल वर्षासँगै झरेको पहिरोले घर बगाउँदा एकजनाको ज्यान गयो, अन्य दुई घाइते - Brighter khabar


असार १२, ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-५ शेर्नाको थुम्कीमा अविरल वर्षासँगै झरेको पहिरोले घर बगाउँदा एकजनाको मृत्यु भएको छ । पहिरोमा परी एउटै परिवारका अन्य दुई जना घाइते भएका छन् ।


पहिरोमा परी मृत्यु हुनेमा ३५ वर्षीय देवकुमारी खत्री रहेकी छिन् । गएराति २ बजेको समयमा झरेको पहिरोमा परेर घाइते हुनेमा मृतकका श्रीमान बाबुराम खत्री र छोरी मेनुका खत्री रहेका छन् ।


उनीहरुलाई पहिरोबाट सकुशल उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । उनीहरुलाई अहिले स्थानीय मेडिकलमा उपचारका लागि पठाइएको छ । उद्दारमा संलग्न छिमेकी यदु बाँस्तोलाका अनुसार पहिरोले घर तथा मतान चार सय मिटर तल बगाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom