Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जामा मध्यरातमा आएको पहिरोले घर बगाउँदा आमाछोरीको ज्यान गयो (स्याङ्जा अपडेट) - Brighter khabar


स्याङ्जा, असार १५ । स्याङ्जामा  पहिरोले एकै परिवारको आमा छोरीको ज्यान गएको  छ । शुक्रवार मध्यरातमा गएको पहिरोले फेदी खोला गाउँपालिका वडा नं.-०५ बाँगे स्थित दुर्गा जी.टी. को ढुङ्गा माटो र टिनले छाएको घरमाथि पहिरो खस्दा सुतिरहेको अवस्थामा  दुई जनाको ज्यान गएको हो । 

घरमा सुतिरहेको अवस्थामा  ३१ वर्षीय  दुर्गा जी.टी. र निजकी ३ वर्षीय  छोरी निसिका जी.टी. को घटनास्थलमा नै ज्यान गएको स्याङ्जाका  प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिए । 

घरभन्दा २५ मिटर माथि बाट अविरल वर्षाको कारण पहिरो आई घर/गोठ पूर्ण रूपमा पुरिएको छ ।  साथै घर नजिकै रहेको गोठमा रहेको १ भैँसी समेत मरेको स्थानीयले जनाएका छन्  ।

Top Post Ad

post bottom ads

Ads Bottom