Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जामा लागू औषध सेवन गरी सार्वजनिक सवारी साधन चलाउने ६ जना पक्राउ - Brighter Khabar

स्रोत : जिल्ला प्रहरी कार्यालय, स्याङ्जा

स्याङ्जा,  जिल्ला प्रहरी कार्यालय स्याङ्जा-ट्राफिक प्रहरी कार्यालय समेतको संयुक्त चेकिङ टोलीले अवैध लागू औषध सेवन गरी सार्वजनिक सवारी साधन चलाउने ६ जनालाई पक्राउ गरेको छ ।


पुतली बजार नगरपालिका वडा नं. -०४ नौडाँडा लगायत सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा १८ जना सवारी साधन चालकहरूको ड्रग अफ एब्युज टेस्ट किटद्वारा  लागू औषध सेवन गरे नगरेको चेकजाँच गर्दा १६ जना चालक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा  पुतली बजार नगरपालिका वडा नं.-०३ बस्ने वर्ष ३८ को सार्वजनिक बस चालक किरण बहादुर हमाल ,कालिगण्डकी गाउँपालिका वडा नं. -०६ बस्ने वर्ष ३५ को टिपर  चालक गुमन बहादुर दर्लामी , पुतली बजार नगरपालिका वडा नं. -०३ बस्ने वर्ष २७ को सार्वजनिक अटो चालक अमन अलि मिया , पुतली बजार नगरपालिका वडा नं. -०७ बस्ने वर्ष २९ को सार्वजनिक अटो चालक  दिलीप सिंह ठकुरी, पुतली बजार नगरपालिका वडा नं. -०१ बस्ने वर्ष ४२ को सार्वजनिक ट्याक्सी चालक  राम श्रेष्ठ र  पुतली बजार नगरपालिका वडा नं. -०७ बस्ने वर्ष ३८ को सार्वजनिक जिप चालक मङ्गल बहादुर दर्जी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले  बताएका छन् ।

उनीहरूमाथि  सार्वजनिक हित र नैतिकता विरुद्धको कसुरमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom