Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कास्कीमा ट्रकको ठक्करबाट घाइते भएका दाहालको ज्यान गयो - Brighter Khabar


जेठ २४, कास्कीमा ट्रकको ठक्करबाट घाइते भएका पैदल यात्रीको ज्यान गएको छ । अन्नपूर्ण गाउँपालिका वडा नं.१ नौ डाँडामा बिहीबार ट्रकको ठक्करले पैदल हिँडिरहेका ७० वर्षीय दुर्गाप्रसाद दाहालको ज्यान गएको हो    । 
घाइते दाहालको उपचारका लागि पोखराको मेट्रो सिटी अस्पताल पठाइएको भए पनि  उपचारका क्रममा पौने ३ बजे  मृत्यु भएको कास्कीका प्रहरीले जनाएको छ । दिउँसो पौने २ बजेतिर अनलोड गरी ब्याक गर्ने क्रममा ग१क २६२५ नम्बरको ट्रकले दाहाललाई  ठक्कर दिएको हो ।

प्रहरी चौकी  नौ डाँडा तथा वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको  प्रहरी टोलीले  उक्त ट्रक र ट्रक चालक जिल्ला धादिङ गल्छी गा.पा.२ बस्ने वर्ष ३५ को लेख बहादुर श्रेष्ठलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom