Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

होटेलमा लगेर बालिका बलात्कार गरेको आरोप लागेका घिमिरेलाई १२ वर्ष कैदसहित पाँच लाख रुपियाँ जरिवाना - Brighter khabar


जेठ ३१,  इलामको सूर्योदय नगरपालिका–४ का २७ वर्षीय मिलन घिमिरेलाई बालिका बलात्कार गरेको आरोपमा जिल्ला अदालत इलामले १२ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले घिमिरेलाई १२ वर्ष कैदसहित पाँच लाख रुपियाँ जरिवानाको फैसला सुनाएको हो । 


घिमिरेले १५ वर्षीया एक बालिकालाई ०८० भदौ १२ गते इलाम सदरमुकामस्थित एक होटलमा राखेर बलात्कार गरेको तथ्य प्रमाणित भएको जिल्ला अदालत इलामले जनाएको छ । 


घटना लगतै घिमिरे  पुर्पक्षका लागि थुनामा रहेका थिए । बालिका करणी गरेको तथ्य पुष्टि भएपछि घिमिरेलाई मुलुकी संहिता, २०७४ को दफा २१९ को उपदफा (१) र (२) बमोजिम जबरजस्ती करणीको कसुर गरेको अभियोग लगाइएको जनाइएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom