Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नगरपालिकाका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृत सहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा - Brighter khabar


जेठ २१, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृत सहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।


आयोगले राजस्व चुहावट गरी सरकारी हानी नोक्सानी पुर्‍याएको अभियोगमा गोदावरी नगरपालिकाका  मेयर गजेन्द्र महर्जन, उपमेयर मुना अधिकारी र तत्कालीन प्रशासकीय अधिकृत प्रविन कोइराला सहित १४ जनाविरुद्ध विशेष अदालतमा काठमाडौँमा आज मुद्दा दायर गरेको हो ।


उनीहरूमाथि नगरपालिकामा क्रसर, खानी तथा नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा, वेस, चिप्स) आदिमा सरकारी दररेट भन्दा कम मात्र कर जम्मा गरी वार्षिक करोडौं राजस्व हिनामिना गरेको आरोप  छ ।

Top Post Ad

post bottom ads

Ads Bottom