Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सडक बन्द गराएर खोलाबाट सवारी सञ्चालन गर्दा जिप डुब्यो , दुई जनाको ज्यान गयो चारको उद्धार - Brighter Khabar


जेठ २२, इलामको चुलाचुलीस्थित रतुवा खोलामा जिप डुब्दा दुई जनाको मृत्यु भएको छ । खोलामा डुबेका अन्य चार जनाको उद्धार गरिएको प्रहरीको भनाइ छ । 


मृत्यु हुनेमा माङसेबुङ ५ का ३२ बर्षीया सर्मीला वनेम फागो र माङसेबुङ ३ का तीन बर्षीय नियन नेम्वाङ रहनु भएको इलामका प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिनुभयो । 


सुनसरीको धरानबाट इलामको माङ्सेबुङको लारुम्बा जाँदैगरेको लु १ ज ९४९१ नम्बरको बोलेरो जिप खोला तर्नेक्रममा चुलाचुली ५ को रतुवा खोलामा सोमबार साँझ डुबेको थियो । 


गाडी डुबेपछि अतालिएर खोलामा डुबेकामध्ये चार जनाको उद्धार गरिएको छ । मृतकमध्ये सर्मीलाको शब पोष्टमार्टमका लागि दमक लगिएको छ । महालक्ष्मी किरातेश्वर कम्पनिले सडक कालोपत्रे गर्नेक्रममा सडक बन्द गराएर खोलाबाट सवारी सञ्चालन गरिदैआएको थियो । 

Top Post Ad

post bottom ads

Ads Bottom