Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मोटरसाइकल दुर्घटनामा सडकमा ललडेको अवस्थामा बसले ठक्कर दिएर घाइते भएका एक पुरुषको ज्यान गयो - Brighter Khabar


झापाको मेचीनगर–१२ कालिझोडास्थित पूर्व–पश्चिम राजमार्गमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।


शनिवार साँझ ७ः३० बजेको समयमा बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको प्रदेश १–०१–०१४ प ८७८२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे. ११ प २०२८ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाएका थिए । 


दुर्घटना हुँदा प्रदेश १–०१–०१४ प ८७८२ नम्बरको मोटरसाइकल चालक भद्रपुर १० का अन्दाजी ५२ वर्षीय नेत्रप्रसाद परियार सडकमा लड्नुभएको थियो । त्यहीबेला बिर्तामोडबाट चारआलीतर्फ आउँदैगरेको मे. १ ख ३२५१ नम्बरको बसले उहाँलाई ठक्कर दिएको थियो । 


बसले ठक्कर दिई गम्भीर घाइते परियारलाई बीएण्डसी अस्पताल बिर्तामोड झापा पठाएकोमा अस्पताल पुग्नासाथ राति ८ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।


दुर्घटनामा मे. ११ प.२०२८ नम्बरको मोटरसाइकल चालक हल्दिवारी गाउँपालिका वडा –४ बस्ने अन्दाजी वर्ष ३१ का सन्तोष मेचेको टाउकोमा चोट लागेको छ । सोही मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका अन्दाजी वर्ष ३१ का सुरज मेचेको दाहिने हात र खुट्टामा चोट लागेको छ ।


दुवै मोटरसाइकल र बस प्रहरी चौकी चारआलीको नियन्त्रणमा र बस चालक तत्काल फरार रहेकाले खोजतलास भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom