Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गए राती भएको बोलेरो जिप दुर्घटनामा स्याङ्जाका शर्मा सहित तीन जनाले ज्यान गुमाए, दुई घाइते - Brighter Khabar


जेठ ३१, पाल्पाको तिनाउ गाउँपालिकाको नुवाकोटबाट रुपन्देहीको बुटवल फर्कदै गरेको बोलेरो जीप बुधबार राति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।


लु २ च ८५३१ नम्बरको जीप नुवाकोटबाट जीतगढी झर्ने ओरालोमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको र दुई जना घाइते रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।


सो घटनामा परेर स्याङ्जा पुलतीबजार घर भइ बुटवल १० बस्ने चालक रामप्रसाद शर्मा, तिलोत्तमा ३ बस्ने ५७ वर्षीय आशका श्रेष्ठ, तिलोत्तमा ३ बस्ने ५० वर्षकी भगवती श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डितले जानकारी दिनुभयो ।


घटनामा बुटवल ९ मिलनचोक बस्ने ५६ वर्षीय चन्दा श्रेष्ठ, बुटवल ११ बस्ने ४६ वर्षीय लक्ष्मीता श्रेष्ठ घाइते रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।


गएराति ९ बजे आफूहरुलाई घटनाको खबर आएपछि उद्दारमा गएको डिएसपी पण्डितले जानकारी दिनुभयो । जिप ओरोलो घुम्ती सडकमा दुर्घटना भएको छ । उनिहरु घुम्नको लागि पाल्पा र रुपन्देहीको पायक पर्ने स्थल नुवाकोटगढी घुम्न गएका थिए ।

Top Post Ad

post bottom ads

Ads Bottom