Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

यसवर्ष गतवर्षको तुलनामा बढी वर्षा हुने - Brighter Khabar


जेठ ३२ , यसवर्ष गतवर्षको तुलनामा बढी वर्षा हुने मौसमविद्ले पूर्वानुमान गरेका छन्। 


जल तथा मौसम विज्ञान विभागका मौसमविद् विभूति पोखरेलका अनुसार यसवर्ष औसतभन्दा बढी पानी पर्नेछ। यसवर्षको तापक्रम पनि गत वर्षको भन्दा तुलनात्मक रूपमा बढी हुने सम्भावना रहेको पोख्रेल बताउँछन्।


उनका अनुसार यसवर्ष सबै प्रदेशमा तुलनात्मक रूपमा बढी पानी पर्ने सम्भावना रहेको छ।


यस वर्षको मनसुन गतवर्षको तुलनामा केही पृथक् रहेको छ। यसवर्ष औसतभन्दा बढी पानी पर्ने सम्भावना रहेपनि केही समय खडेरी पर्ने र एकैचोटी ठुलो वर्षा हुने सम्भावना रहने उनको भनाइ छ। 


उनका अनुसार यसवर्ष बाढी पहिरोका घटना बढी हुनसक्ने भएकाले सतर्क रहनुपर्ने उहाँको भनाइ छ। जलवायु परिवर्तनका कारण पछिल्लो समय वर्षाको तरिका पनि फेरबदल भएको उनको भनाइ छ। 


पूर्वमा तीन दिन अघि भित्रिएको मनसुन  सुदूरपश्चिम पुग्न अझै एक हप्ता लाग्नेछ। विभागका मौसमविद् रोजन लामिछानेका अनुसार मनसुन पश्चिम नेपाल पुग्न अझै एक हप्ता लाग्ने भएको छ। 


अहिले मनसुन कोशी प्रदेशमा मात्र सक्रिय छ। अहिले मधेश प्रदेश र बागमती प्रदेशमा मनसुनजन्य वातावरण निर्माण भइरहेको मौसमविद् लामिछानेको भनाइ छ। 


कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको मौसम आंशिकदेखि पूर्णतया बदली छ। अन्य प्रदेशको मौसम भने पूर्णतयार सफा नै रहेको छ। 

Top Post Ad

post bottom ads

Ads Bottom