Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पेट्रोलमा तीन र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु एकका दरले मूल्य घट्यो - Brighter khabar


असार २,  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर रु तीन र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु एकले घटाएको हो ।


निगम सञ्चालक समितिको निर्णयानुसार इन्धनको मूल्य घटाउने निर्णय भएको हो । घटेको मूल्य गएराति १२ बजेदेखि लागू भएको छ ।


मूल्य घटेसँगै पेट्रोलको मूल्य पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा एक सय ६२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा रु एक ६४ र तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा रु एक सय ६५ मूल्य कायम भएको छ ।


त्यसैगरी डिजेल र मट्टितेलमा पहिलो वर्गअन्तर्गत एक सय ४९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत रु एक सय ५१ र तेस्रो वर्गअन्तर्गत रु एक ५२ मूल्य कायम गरिएको निगमले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom