Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखराबाट आईफोन चोरी गर्ने एक युवक दुई महिनापछि पक्राउ, चोरीका मोबाइल फेसबुकबाट बेच्ने गरेको खुलासा - Brighter Khabar


पोखरा- कास्की प्रहरीले  मोबाइल चोरी गर्ने एक जनालाई  पक्राउ गरेको छ । अङ्ग्रेजी नयाँ वर्षको दिनमा पोखरा महानगरपालिका वडा नं. ६ लेकसाईडमा एक जना महिलाले भिरेको झोलाबाट आईफोन चोरी गरी सिम कार्ड राखी प्रयोग गरी चलाउँदै आएका  म्याग्दी अन्नपूर्ण गाउँपालिका वडा नं. १ दाना स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ८ जाल्पारोड बस्ने वर्ष २० को रुपेश रम्जालीलाई प्रहरीले पक्राउ गरेको हो ।

गत वर्ष चैत २० गते  पोखरा महानगरपालिका  वडा नं. ८ सभागृहमा सहकारी दिवसको दिनमा भएको कार्यक्रममा टेबुलमाथि राखेको सामुसङ मोबाइल चोरी गरी लगेको र उक्त मोबाइलमा रहेको ई सेवा आइडी समेत ह्याक गरी नगद रु.१८,१२५ रुपैयाँ ट्रान्सफर गरेको भन्ने जाहेरी जिल्ला  प्रहरी कार्यालय कास्कीमा परेको थियो ।

सोही जाहेरीको आधारमा प्रहरीले  अनुसन्धान तथा खोजतलास गर्दै जाँदा रम्जालीलाई प्रहरीले पक्राउ गरेको हो । उनले  उक्त मोबाइल फोनमा आफ्नो सिम कार्ड हाली चलाएको भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार निजले हालसम्म विभिन्न कम्पनीका १५/१६ वटा मोबाइल चोरी गरी फेसबुकमा बिक्रीको लागि राख्ने र बिक्री पश्चात् उक्त फेसबुक आइडी डिलिट गर्ने गरेको भन्ने प्रारम्भिक सोधपुछको क्रममा थाहा लागेको छ ।

रम्जालीलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom