Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा प्वाल देखिएपछि - Brighter khabar


जेठ २४ गते। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा  देखिएको सानो प्वाल पुरेपछि उडान र अवतरण पुनः सुरु भएको छ। 


धावनमार्गमा प्वाल परेपछि विमान उडान र अवतरण करिब एक घण्टा प्रभावित भएको थियो। 


प्रभावित भएको उडान र अवतरण अहिले जारी रहेको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिनुभयो। 


उहाँले भन्नुभयो, “विमानस्थलको धावनमार्गमा एउटा सानो लेयरमा समस्या आएर प्वाल परेको थियो। अहिले त्यो पुरिएर विमान अवतरण र उडान भएको छ।” 


उहाँका अनुसार एक घण्टा विमानस्थल अवरुद्ध हुँदा अवतरणका लागि आएका विमान आकाशमै होल्ड भएका थिए। अहिले विमान अवतरण गर्ने क्रम जारी रहेको छ। 

Top Post Ad

post bottom ads

Ads Bottom