Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

विद्यालयबाट घर फर्कँदै गरेका शिक्षक खड्काको भीरबाट लडेर ज्यान गयो - Brighter Khabar


जेठ २४ गते । रुकुम पश्चिममा भिरबाट लडेर एक जना शिक्षकको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका –१० पेउघा घर भई सोही स्थानमा रहेको बाल कल्याण माध्यमिक विद्यालय टोड्केमा कार्यरत शिक्षक भद्रबहादुर खड्काको मृत्यु भएको हो ।


विद्यालयका प्रधानाध्यापक खम्बबहादुर केसीले बुधवार विद्यालयको काम सकेर घर जाँदै गर्दा घर नजिकैको भिरबाट खसेको जानकारी दिनुभयो । उहाँ विद्यालयको सहायक प्रधानाध्यापकको जिम्मेवारीमा हुनुहुन्थ्यो । 


भिरबाट लडेर गम्भीर घाइते हुनुभएका खड्कालाई उपचारको लागि जिल्ला अस्पताल सल्ले ल्याइएको बेला चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । उहाँ भिरबाट लडेर करिब चार सय मिटर तल पुग्नुभएको थियो ।


उहाँ २०५३ देखि २०६० सम्म मुसिकोट नगरपालिका १२ जमारूमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कार्यरत हुनुहुन्थ्यो । हाल बाल कल्याण मावि टोड्केमा प्रावि स्थायी शिक्षक पदमा कार्यरत हुनुहुन्थ्यो ।

Top Post Ad

post bottom ads

Ads Bottom