Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पृथ्वी राजमार्गमा दुई सवारी एकआपसमा ठोकिँदा बस त्रिशुली नदी किनारामा खस्यो - Brighter khabar


जेठ ३२ - पृथ्वी राजमार्ग अन्तर्गत चितवनको ईच्छाकामना गाउँपालिकास्थित फिस्लीङ्गमा दुई सवारी साधन एक आपसमा ठक्कर खाई दुर्घटनामा परेको छ ।


काठमाण्डौबाट मुग्लीनतर्फ जाँदै कार र विपरित दिशतर्फबाट आउँदै गरेको बस एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।


दुर्घटनामा परी बस त्रिशुली नदी किनारामा खसेको छ भने कारमा सवार पाँच जान यात्रु गम्भीर घाईते भएको प्रहरीले जनाइएको छ । बसमा सवार तीस जना यात्रुको अवस्था सामान्य रहेको छ ।

दुर्घटनामा भे१ख ४०६२ नम्वरको बसनेपालगंजदेखी काठमाण्डौं आउँदै गरेको र बग्मती प्रदेश ०२ २९–३७२० नम्वरको कार मुग्लीनतर्फ जाँदै गरेको जनाईएको छ । थप क्षतिको विबरण भने आउन बाँकी छ ।


घाईतेको उद्दार धादिङ प्रहरी र ईलाका प्रहरी कार्यालय मुग्लीनबाट खटिएको प्रहरी टोलीका साथै शसस्त्र प्रहरी वल विपल ब्यष्वस्थापन शिक्षालय कुरिनटारले गरिरहेको स्थानीयले बताएका छन् ।

Top Post Ad

post bottom ads

Ads Bottom