Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बिषालु च्याउ खाँदा एक जनाको ज्यान गयो , चार जना बिरामी - Brighter khabar


असार १०, बिषालु च्याउ खाँदा मकवानपुरमा एक जनाको मृत्यु भएको छ भने चार जना बिरामी परेका छन् । मकवानपुरको राक्सिराङ गाउपालिका ७ दुगुवाङ बस्ने बल बहादुर प्रजाले जङगलबाट ल्याएको च्याउ पकाएर खाँदा गम्भिर बिरामी परेका थिए ।


उनको चितवनस्थित भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । परिवारका अन्य चार जना विरामीको उपचार जारी छ ।


विरामी पर्नेमा अन्दाजी ५५ बर्ष का बल बहादुर प्रजा, निजकी श्रीमती बर्ष ४५ की जालिमाया प्रजा, छोरीहरु बर्ष १५ की रेन्जु प्रजा, बर्ष ८ की सविना प्रजा र छोरा बर्ष १० का सुशल प्रजा रहेका छ्न । प्रहरीका अनुसार, उनीहरु सबैको अवस्था खतरा मुक्त रहेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom