Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गरगहना, मोटरसाइकल, मोबाइल लगायतका चोरीका सामानसहित एकजना पक्राउ - Brighter Khabar


असार ३, चोरीको सामानसहित पाल्पामा एक जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बगनासकाली गाउँपालिका–२, पोखराथोकका अर्जुन कोइराला रहेका छन् । 


उनलाई असार १ गते बगनासकालीबाट बा. प्र. ०२–०४३ प २५६४ नम्बरको मोटरसाइकल सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट सुनजस्तो देखिने चार थान गरगहना, मोटरसाइकल,  तीन थान मोबाइल, चाँदीकाे एक थान औठी बरामद गरिएको छ । 


उनको साथबाट थप एनसेल र एनटिसीका २० थान  सिमकार्ड र १८ हजार ६०० रुपियाँ नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए। पक्राउ परेका व्यक्ति गत जेठ १५ गते साँझ तानसेन १२ की नन्दकुमारी खत्रीले लगाएको दुई तोलाको सुनको सिक्री चोरी गरेर भागेको समेत प्रहरीले जनाएको छ  ।

कोइरालामाथि थप अनुसन्धान भइरहेको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom