Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ऋण खोजेर साउदी पसेका युवाको स्वदेश फर्कंदा घर भने साहुको कब्जामा - Brighter khabar


जेठ ३० गते । साउदी अरबमा छ वर्षसम्म सम्पर्कविहीन बनेका खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४, बुइपाका शुक्रबहादुर विश्वकर्मा जसोतसो स्वदेश त आइपुग्नुभयो तर उहाँ घर पुग्दा उहाँको घर भने साहुको कब्जामा परिसकेको थियो । 


विदेश जानुअघि ऋण खोजेर सुनसरीमा सानो घर बनाएर शुक्र रोजगारीका लागि बिदेसिनुभएको थियो । केही कमाएर साहुको ऋण तिर्ने सपना बोकेर बिदेसिनुभएका शुक्र साउदीमा हराएपछि यता साहुले उहाँको घर नै कब्जा गरिदिए । 


पैसा कमाउनका लागि २०७२ सालमा साउदी अरब पुग्नुभएका शुक्र जेठ १७ गते रित्तो हात घर आइपुग्नुभएको हो । साउदी अरब पुगेको तीन वर्षसम्म उहाँ परिवारको सम्पर्कमा हुनुहुन्थ्यो, त्यसपछि परिवारसँग सम्पर्क टुट्यो । उहाँ सम्पर्कविहीन हुँदा परिवारमा तनाव निम्तियो । ‘घर फर्किएलान्’ भनेर आशा मारिसकेको छोरा घर आइपुग्दा वृद्धावस्थाका बुवा जगतबहादुर विकको हर्षको आँसु बगेको छ । 


जेठ ९ गते काठमाडौँ आइपुग्नुभएका शुक्र उदयपुरको कटारीसम्म गाडीमा र कटारीबाट चार दिन पैदल हिँडेर घर आइपुग्नुभएको हो । खर्च नहुँदा कटारीबाट हिँडेर भोकभोकै घर आएको शुक्रको भनाइ छ । शुक्र पहिलो पटक २०५३ सालमा पनि साउदी अरब जानुभएको थियो । त्यसपछि २०६५ सालमा कतार गएर तीन वर्ष बिताउनुभएको थियो । साउदी अरब र कतारमा कमाएको पैसाले ऋण थपेर इटहरीमा घर बनाउनुभयो । शुक्र त्यही घर बनाउँदा लागेको ऋण तिर्नका लागि परिवारलाई छाडेर पुनः साउदी अरब जानुभएको हो तर उहाँको साउदी बसाइ सुखद हुन सकेन । 


पसिना बगाउनुभयो तर नेपाली ठेकेदारबाटै पारिश्रमिक पाउनुभएन । ठगिए पनि आवाज उठाइदिने वा पीरमर्का सुनिदिने कोही भएनन् । पैसा नपाएपछि तीन महिनामै भागेर अन्यत्र काम गर्न थाल्नुभयो । भागेर काम गर्दा पनि पैसा पाउनुभएन । यता भाकामा ऋण तिर्न नसक्दा शुक्रको घरमा साहुले कब्जा जमाइसकेका थिए । 


साउदी गएको तीन वर्षसम्म काम लगाउनेले ठगेपछि आफ्नो जिउ पाल्नबाहेक केही गर्न नसकेका शुक्रलाई अर्को विपत्ति आइलाग्यो ।  शुव्रmसहित सात जनासँगै बसेर पेन्टिङको काम गर्थे । साथीहरूले मादक पदार्थ ल्याएर सेवन गरे । त्यही विषयमा उनीहरूलाई प्रहरीले पक्राउ ग-यो । चार/पाँच महिना जेलमा राख्यो । फर्केर आउँदा कोठामा झोला, कागजात तथा परिवारको सम्पर्क नम्बर भएका कागजात केही थिएन । मोबाइल फिर्ता पाएनन् । त्यही कारण परिवारलाई सम्पर्क गर्न नसकेको शुक्र बताउनुहुन्छ । पछि त्यही मुद्दामा पुनः वर्षदिनसम्म जेलमा राखियो । खासै लेखपढ गर्न नआउने शुक्रलाई सामाजिक सञ्जाल थाहा थिएन । जसकारण परिवारको सम्पर्कबाट टाढिनुभएको हो । जेलबाट निस्केपछि पुनः अन्य काममा लागेको उहाँको भनाइ छ । 


“परिवारसँग लामो समय भइसकेको थियो सम्पर्क नभएको, केही समय बसेर पैसा कमाएर फर्कन्छु सोचेँ तर मलाई सबैले काम मात्र लगाए,” शुव्रmले भन्नुभयोे, “मेरो केही पार नलागेपछि बल्लतल्ल नेपाल आउने थोरै रकम बनाएर फर्किएँ । काठमाडौँ झरेर खोटाङतर्फ लागेँ तर उदयपुरको कटारीसम्म आउनलाई पैसा पुग्यो । अहिले काठमाडौँबाट सिन्धुलीको खुर्कोट हुँदै खोटाङ आउने सडक बनेको रहेछ तर मलाई थाहा थिएन, म पुरानै बाटो कटारी हुँदै आएँ । कटारीमा पैसा सकिएपछि म चार दिन लगाएर बाटोमा बास बस्दै घर आइपुगेको हुँ ।”


नेपालमा भने कतिपयले शुक्र लुकेर बसेको अनुमान गर्थे । कतिपयले कसैले हत्या गरेर फालेको अड्कल गर्थे । परिवारले पनि माया मारिसकेका थिए । 


शुव्रmको छोरी अनिशा र जेठो छोरो मिनकुमारलाई क्रमशः हिँडडुल गर्न नसक्ने रोगले च्यापेको छ । अनिशालाई कक्षा ९ मा पढ्दापढ्दै र मिनकुमारलाई कक्षा ८ मा पढ्दापढ्दै हर बसेर हिँडडुल गर्न कठिन हुन थालेको हो । हिँडडुल गर्नै कठिन हुन थालेपछि अनिशा र मिनकुमार स्कुल जान छाडेका छन् । हातखुट्टा नलाग्ने, जिब्रो लट्पटिने, स्मरणशक्ति गुमाउनेलगायतका समस्या देखिन थालेपछि उनीहरूलाई विभिन्न अस्पताल लगियो तर सुधार भएन । नातिनातिनालाई समेत अशक्त हुन थालेपछि वृद्ध जगतबहादुर थप चिन्तित हुनुहुन्छ । 


रोगले च्यापेपछि अनिशा र मिनकुमारलाई इटहरीबाट गाउँमा ल्याइएको छ । हाल इटहरीमा शुव्रmबहादुरकी श्रीमती र कान्छो छोरा ज्याला मजदुरी गरेर बसिरहेका छन् । राजकुमार भट्टराईले गोरखापत्रमा समाचार लेख्नुभएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom