Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मेरिगोल्ड अङ्ग्रेजी आवासीय मा.वि.मा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न - Brighter khabar


पोखरा, जेठ २३ गते । पोखरा महानगरपालिका वडा नम्बर १५ मा अवस्थित मेरिगोल्ड अङ्ग्रेजी आवासीय मा.वि.मा वृक्षारोपण साथै सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । 

विद्यालयले विश्व वातावरण दिवसको अवसर पारि उक्त कार्यक्रम सम्पन्न गरेको हो ।  विद्यालय संस्थापक निर्देशक मोतीराम गुरुङ , प्राचार्य शर्मिला गुरुङ , विद्यालयका शिक्षक शिक्षिका तथा विद्यार्थीहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । 

वृक्षारोपण कार्यक्रमको उद्घाटन गर्दै विद्यालय प्राचार्य गुरुङले वातावरण संरक्षणमा प्रत्येक व्यक्तिको भूमिका रहने बताउनुभयो । साथै उहाँले विद्यार्थीहरूले आफ्नो गाउँ , टोल र समाजमा यसको संरक्षणका निमित्त चेतना फैलाउन सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । 

साथै उक्त कार्यक्रममा कक्षागत रूपमा बिरुवा रोप्न लगाई त्यसको संरक्षणमा खेल्नुपर्ने भूमिकाका सम्बन्धमा समेत प्रशिक्षण दिइएको थियो । 

कार्यक्रममा विद्यालयका पूर्व प्राथमिक , आधारभूत तथा माध्यमिक तहका विद्यार्थीहरूको सहभागिता रहेको थियो  ।

Top Post Ad

post bottom ads

Ads Bottom