Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बुढिखोलामा आएको बाढीले एकै घरका ४ जनालाई बगायो , एकको उद्धार , एक मृत फेला दुई बेपत्ता - Brighter khabar


असार ११, सुनसरीको इटहरी-४ स्थित बुढिखोलामा आएको बाढीले सुन्दर हरैँचा नगरपालिका वडा नम्बर ५ का एकै घरका ४ जनालाई बगाएको छ ।


बुढी खोलामा माछा मार्ने क्रममा खोलामा आएको बाढीले उनीहरुलाइ बगाएको  इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक  टेकवहादुर कार्कीले जानकारी दिनु भएको छ ।


वेपत्ता मध्ये फुटनीदेखी चौधरीको इटहरी प्रहरीले शव बरामद गरेको छ भने स्वस्तीक चौधरीलाई जिवितै उद्धार गर्न प्रहरी सफल भएको छ ।


वेपत्ता अन्य दुई जनाको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले  जनाएको छ ।   

Top Post Ad

post bottom ads

Ads Bottom